JLPT N3 Grammar Lesson 3 in Nepali | Excellent Guide

JLPT N3 Grammar Lesson 3 in Nepali

JLPT N3 Grammar Lesson 3 in Nepali | JLPT N3 Grammar Lesson 2 सफलतापूर्वक पूरा गरियो र अब हामी Lesson 3 सुरु गर्दैछौँ। N3 स्तर अलि गहिरो हुन्छ तर सही तरिकाले बुझ्दै गएमा यो पनि सजिलै आत्मसात गर्न सकिन्छ। यस लेसनमा दैनिक जीवन, काम गर्ने वातावरण र वास्तविक जापानमा धेरै प्रयोग हुने grammar हरू सिक्नेछौँ। हाम्रो उद्देश्य केवल परीक्षा पास गर्नु मात्र होइन, grammar लाई बुझेर प्रयोग गर्न सक्ने बनाउनु हो। बिस्तारै step by step अगाडि बढौँ।

① ~くらい/~ぐらい / ~ほど

🔷 Use (प्रयोग केका लागि?)

👉 “यत्तिको हदसम्म” 👉 “लगभग” 👉 “त्यति धेरै कि…”

कुनै कुराको degree (स्तर / मात्रा) कति छ भनेर देखाउन प्रयोग हुन्छ।

🔷 Structure (बनाउने तरिका)

🔷 Structure🔷 Examples
✅ Noun + くらい/ぐらい
✅ Verb (辞書形じしょけい/た形) + くらい/ぐらい
✅ い-Adjective + くらい
✅ な-Adjective + な + くらい
※ ほど पनि प्रायः उस्तै अर्थमा प्रयोग हुन्छ।
① このケーキは毎日食べたいくらいおいしい。
👉 यो केक दैनिक खान मन लाग्ने जत्तिको मिठो छ।
② 彼は立てないくらい疲れている。
👉 ऊ उभिन नसक्ने जत्तिको थाकेको छ।
③ 今日は雪が降るくらい寒い。
👉 आज हिउँ पर्ने जत्तिको चिसो छ।
④ 泣きたいほど悲しかった。
👉 रुन मन लाग्ने जत्तिको दुःखी भएँ।

② ~くらい…はない / ~ほど…はない

🔷 Use (प्रयोग)

👉 “…जत्तिको अरू छैन” 👉 “सबैभन्दा …” (subjective feeling)

कसैलाई कुनै कुरा सबैभन्दा धेरै लाग्दा प्रयोग हुन्छ।

🔷 Structure🔷 Examples
✅ Noun + くらい…はない
✅ Noun + ほど…はない
① 彼くらい親切な人はいない。
👉 उनी जत्तिको दयालु मान्छे छैन।
② 日本語の勉強ほど難しいものはない。
👉 जापानी पढाइ जत्तिको गाह्रो कुरा छैन।
③ 夏ほど暑い季節はない。
👉 गर्मी जत्तिको तातो ऋतु छैन।

③ ~くらいなら

🔷 Use (प्रयोग)

👉 “यदि त्यस्तो गर्नुपर्छ भने, बरु…” 👉 “त्यो भन्दा यो राम्रो”

कुनै कुरा मन नपर्दा, बरु अर्को विकल्प रोज्ने अर्थ दिन्छ।

🔷 Structure🔷 Examples
✅ Verb(辞書形じしょけい)+ くらいなら① 毎日残業するくらいなら、仕事を変えたい。
👉 हरेक दिन ओभरटाइम गर्नुपर्छ भने, काम बदल्न चाहन्छु।
② そんな高い服を買うくらいなら、旅行に行く。
👉 त्यति महँगो लुगा किन्नु भन्दा, यात्रा जान्छु।
③ 嫌いな人と働くくらいなら、一人のほうがいい。
👉 मन नपर्ने मान्छेसँग काम गर्नु भन्दा, एक्लै राम्रो।

④ ~に限るにかぎる

🔷 Use (प्रयोग)

👉 “… नै सबैभन्दा राम्रो” 👉 “… नै उत्तम”

Speaker को personal opinion देखाउँछ।

🔷 Structure🔷 Examples
✅ Noun + に限る
✅ Verb(辞書形じしょけい/ない形)+ に限る
① 疲れたときは早く寝るにかぎる。
👉 थाक्दा छिटो सुत्नु नै राम्रो।
② 暑い日は冷たいジュースにかぎる。
👉 तातो दिनमा चिसो जुस नै राम्रो।
③ 休日は家でゆっくりするに限る。
👉 बिदामा घरमै आराम गर्नु नै उत्तम।
JLPT N3 Grammar Lesson 3 in Nepali
JLPT N3 Grammar Lesson 3 in Nepali

आजको Lesson 3 यहीँ समाप्त हुन्छ। Grammar याद गर्नु मात्र होइन, उदाहरण वाक्यहरू ध्यानपूर्वक पढ्नु र आफैले वाक्य बनाउने अभ्यास गर्नु अत्यन्त जरुरी हुन्छ। निरन्तर अभ्यासले मात्र N3 बलियो बन्छ। यदि लेसन उपयोगी लाग्यो भने sanskritinepal.com visit गर्न नभुल्नुहोस्। हामी N3 का सबै grammar हरू नेपालीमा क्रमशः कभर गर्नेछौँ। अर्को लेसनमा फेरि भेटौँला, संगै पढौँ संगै अगाडि बढौँ 🇯🇵✨

Follow me on Facebook for new Updates

Comments are closed.

Sorry You cannot copy content of this page