JLPT N3 Grammar Lesson 5 in Nepali | Clear Explain | 分かりやすい

JLPT N3 Grammar Lesson 5 in Nepali नेपाली मा

JLPT N3 Grammar Lesson 5 in Nepali जापानी grammar सिक्नु धेरैलाई गाह्रो लाग्छ, तर सही तरिकाले बुझाइयो भने grammar एकदमै interesting र easy पनि हुन सक्छ ।

यस पोस्टमा JLPT N3 का important grammar patterns लाई:
👉 सजिलो नेपाली भाषामा
👉 clear explanation सहित
👉 real-life example प्रयोग गरेर

बुझ्ने तरिकाले तयार गरिएको छ राम्रो संग अध्यन गर्नुहोला ।

यस lesson मा तपाईंले:

  • ~ためだ・~ため(に) (कारण / उद्देश्य)
  • ~によって/~による (depending on / by)
  • ~から/~ことから (कारण / आधार)
  • ~おかげで/~せいで (positive / negative result)
  • ~のだから (strong reason / natural conclusion)

जस्ता grammar हरूलाई deep रूपमा बुझ्न सक्नुहुन्छ

If you always feel like “grammar बुझ्न गाह्रो छ then this content will change your way of learning 💡

👉 केवल रट्ने होइन ।
👉 बुझेर प्रयोग गर्ने तरिका सिक्नुहोस् ।

JLPT N3 Grammar Lesson 5 in Nepali
JLPT N3 Grammar Lesson 5 in Nepali

1-5 JLPT N3 Grammar Lesson 5 in Nepali

🔷 ① ~ためだ・~ため(に) (कारण / उद्देश्य)

🔷 Use (प्रयोग केका लागि?)

👉 कारण बताउन (because of)
👉 उद्देश्य देखाउन (for the purpose of)

Explanation:

👉 यो grammar कारण (reason)उद्देश्य (purpose) दुबै जनाउन प्रयोग हुन्छ।

  • ~ためだ → कारण बताउन
  • ~ために → उद्देश्य वा कारण (context अनुसार)

🔷 Structure (बनाउने तरिका)

🔹 N + の + ためだ
🔹 V(普通形)+ ためだ
🔹 V(辞書形じしょけい)+ ために
🔹 N + の + ために

🔷 Examples

報告書ほうこくしょにミスがあったのは、よく見直みなおしをしなかったためだろう。

👉 रिपोर्टमा गल्ती हुनुको कारण, राम्रोसँग पुनः जाँच नगर्नु भएको हुन सक्छ।

② この村には医者がいないために、病気のときはとなりの町まで行かなければならない。

👉 यस गाउँमा डाक्टर नभएकाले, बिरामी पर्दा छिमेकी सहरसम्म जानुपर्छ।

出張しゅっちょうのため、明日の会議は欠席けっせきさせていただきます。

👉 कार्यालयको कामका लागि बाहिर जानुपर्ने भएकाले, भोलिको बैठकमा उपस्थित हुन सक्दिन।

🔵 ② ~によって/~による

(A) कारण/कारणले परिणाम

🔷 Use 👉 “~को कारणले … भयो”

👉 कारण / माध्यम (by / due to)
👉 फरक–फरक result (depending on)
👉 noun modify गर्न (による + N)

Explanation:

👉 यो grammar “द्वारा / कारणले / अनुसार” भन्ने अर्थ दिन्छ।

  • ~によって → action / result कसरी भयो (by / depending on)
  • ~による + N → noun modify (…बाट हुने / …द्वारा भएको)

🔷 Structure (बनाउने तरिका)

名詞 + によって 
名詞 + による + 名詞

🔷 Examples

① うちの工場では、材料不足ざいりょうぶそくによってたたみの生産せいさんはもうできなくなった。

👉 हाम्रो कारखानामा कच्चा पदार्थको अभावका कारण तातामी उत्पादन अब गर्न सकिँदैन।

② 今年のインフルエンザは、今までのウイルスによるものとはちがう。

👉 यस वर्षको इन्फ्लुएन्जा पहिलेको भाइरसबाट हुने प्रकारभन्दा फरक छ।

(B) तरिका/उपाय

🔷 Use 👉 “~ को माध्यमबाट …”

👉 Formal

🔷 Meaning 👉 “By means of ~”

🔷 Structure (बनाउने तरिका)

名詞 + によって
名詞 + による + 名詞

🔷 Examples

① 外国語を学ぶことによって、その国の人たちのかんがかたることができる。

👉 विदेशी भाषा सिकेर, त्यो देशका मानिसहरूको सोच्ने तरिका पनि थाहा पाउन सकिन्छ।

② クレジットカードによる支払しはらいを希望きぼうされる方は、次の注意ちゅういをお読みください。

👉 क्रेडिट कार्डबाट भुक्तानी गर्न चाहने व्यक्तिहरूले कृपया तलका सूचनाहरू पढ्नुहोस्।

🔵 ③ ~から/~ことから (कारण / आधार)

🔷 Use 👉 तथ्यबाट निष्कर्ष निकाल्दा

👉 आशा/आदेशमा प्रयोग हुँदैन

🔷 Meaning 👉 “Because of the fact that ~ …”

Explanation:

👉 दुवै कारण (reason) जनाउन प्रयोग हुन्छन् तर nuance फरक छ।

  • ~から → simple / daily reason
  • ~ことから → logical / evidence-based reason

🔷 Structure (बनाउने तरिका)

普通形(ナ形・な/である、名詞・である)+ ことから

🔷 Examples

① わずかな誤解ごかいから友だちとの関係かんけいが悪くなってしまった。

👉 सानो गलतफहमीका कारण साथीहरूसँगको सम्बन्ध बिग्रियो।

② 日本語の授業じゅぎょうでとなりの席になったことから、わたしたちはしたしくなった。

👉 जापानी कक्षामा छेउको सिटमा परेका कारण हामीहरू घनिष्ठ भयौँ।

かおがよくていることから、二人は親子おやこだとすぐにわかった。

👉 अनुहार धेरै मिलेको कारण, ती दुई जना बाबु–छोरा (आमा–छोरा) हुन् भन्ने तुरुन्त थाहा भयो

🔵 ④ ~おかげで/~せいで (positive / negative result)

(A) おかげで → सकारात्मक कारण

🔷 Use 👉 राम्रो परिणाम

🔷 Meaning 👉 “Thanks to ~ …”

Explanation:

👉 दुवै result (परिणाम) देखाउँछन्

  • おかげで → positive result (thanks to)
  • せいで → negative result (because of)

🔷 Structure (बनाउने तरिका)

動・形 普通形(ナ形・な/名詞・な)+ おかげで

🔷 Examples

① いい成績せいせきまったのは先生のおかげです。

👉 राम्रो नतिजा आउनु शिक्षकको कारणले हो।

② 天気がよかったおかげで、早く目的もくてきくことができました。

👉 मौसम राम्रो भएकाले, हामी छिट्टै गन्तव्यमा पुग्न सकेँ।

(B) せいで → नकारात्मक कारण

🔷 Use 👉 खराब परिणाम

🔷 Meaning 👉 “Because of ~ (negative)”

🔷 Structure (बनाउने तरिका)

動・形 普通形(ナ形・な/名詞・な)+ せいで

🔷 Examples

最近さいきん忙しかったせいで、かなり疲れています。

👉 हालसालै धेरै व्यस्त भएको कारणले, म निकै थाकेको छु।

🔵 ⑤ ~のだから (strong reason / natural conclusion)

🔷 Use 👉 “यो त तथ्य हो, त्यसैले …” 👉 सम्झाउने, चेतावनी दिने

🔷 Meaning 👉 “Since it is true that ~ …”

Explanation:

👉 strong reason + obvious conclusion दिन प्रयोग हुन्छ

👉 “त्यसैले त / आखिर” भन्ने feeling हुन्छ

🔷 Structure (बनाउने तरिका)

普通形(ナ形・な/名詞・な)+ のだから

🔷 Examples

① 世界は広いのだから、いろいろな習慣しゅうかんがあるのは当然とうぜんだ。

👉 संसार ठूलो छ, त्यसैले विभिन्न बानी–चलन हुनु स्वाभाविक हो।

② あなたはけがをしているんだから、無理むりをしてはいけませんよ。

👉तपाईं घाइते हुनुहुन्छ, त्यसैले जबर्जस्ती गर्नु हुँदैन है।

わらわないでください。真剣しんけんにやっているんですから。

👉 नहास्नुहोस्, म गम्भीर भएर गर्दैछु।

Conclusion of JLPT N3 Grammar Lesson 5 in Nepali

जापानी भाषा सिक्ने यात्रा सजिलो छैन, तर असम्भव पनि होइन
सही guidance र practice भयो भने, तपाईं पनि confidently Japanese बोल्न सक्नुहुन्छ।

Grammar भनेको foundation हो —
foundation बलियो भयो भने, language आफैं strong हुन्छ।

So don’t give up 🙌
Consistency राख्नुहोस्, daily अलि-अलि practice गर्नुहोस् 📚

महेंद्र बस्नेतको यो प्रयास तपाईंलाई केवल JLPT pass गर्न होइन,
real life मा Japanese use गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

👉 Keep learning, keep growing 🚀
👉 今日も一緒に頑張りましょう!

Comments are closed.