JLPT N2 Grammar in Nepali|Part 1 | Clear Explain

JLPT N2 Grammar in Nepali | Part 1 Started

JLPT N2 Grammar in Nepali|Part 1 मा JLPT N2 परीक्षामा महत्वपूर्ण हुने Grammar हरूलाई नेपालीमा सरल तरिकाले व्याख्या गरिएको छ। यस Part मा ~際(に)、~に際して、~にあたって、~たとたん(に)、~かと思うと、~か~ないかのうちに जस्ता Grammar Pattern हरू समावेश छन्।

प्रत्येक Grammar को अर्थ, प्रयोग, Sentence Structure र Example Sentences नेपाली अर्थसहित दिइएको छ, जसले N2 Grammar बुझ्न र परीक्षाको तयारी गर्न सजिलो बनाउँछ।

JLPT N2 Grammar in Nepali|Part 1 Begins from here

① ~際さい(に)

🔹 Use(प्रयोग केका लागि?)

कुनै काम गर्ने बेला / अवसरमा / त्यस समयमा प्रयोग हुन्छ। औपचारिक अभिव्यक्ति हो।

🔹 Structure(बनाउने तरिका)

StructureExamples
名詞 + の + 際(に)
動詞辞書形/た形 + 際(に)
① この会議室をご利用になる際は、受付で必要事項をご記入ください。
→ यो बैठक कोठा प्रयोग गर्नुहुँदा, रिसेप्सनमा आवश्यक विवरण भर्नुहोस्।

② アメリカの大統領は来日した際に、わたしたちの大学でスピーチを行った。
→ अमेरिकाका राष्ट्रपतिले जापान भ्रमण गर्दा हाम्रो विश्वविद्यालयमा भाषण दिनुभएको थियो।

⚠️ Point: मुख्य रूपमा औपचारिक काम वा विशेष अवसरमा प्रयोग हुन्छ। दैनिक कुराकानीमा ~とき बढी प्राकृतिक हुन्छ।


② ~に際して(~にさいして)・~にあたって

🔹 Use(प्रयोग केका लागि?)

कुनै महत्त्वपूर्ण काम सुरु गर्दा / विशेष अवसरमा / केही गर्नुअघि तयारी गर्दा प्रयोग हुन्छ।

🔹 Structure

StructureExamples
名詞 + に際して/にあたって
動詞辞書形 + に際して/にあたって
① 工事関係者は工事を始めるに際して、近所の住民にあいさつをして回った。
→ निर्माण सुरु गर्नुअघि छिमेकी बासिन्दाहरूलाई अभिवादन गरे।

② 当ショッピングサイトのご利用に際して、以下のご利用条件をよくお読みください。
→ यस Shopping Site प्रयोग गर्नु अघि प्रयोगका सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।

③ 新しく事業を始めるにあたって、しっかりと準備をしようと思っております。
→ नयाँ व्यवसाय सुरु गर्ने क्रममा राम्रोसँग तयारी गर्ने सोचमा छु।

④ お二人の門出にあたりまして、お祝いの言葉を申し上げます。
→ तपाईं दुईजनाको नयाँ यात्राको अवसरमा बधाईका शब्द व्यक्त गर्दछु।

⑤ 日本で国際会議を開催するにあたり、関係各方面からの協力を得た。
→ जापानमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने क्रममा सम्बन्धित पक्षबाट सहयोग प्राप्त भयो।

⚠️ Point:

  • ~に際して → औपचारिक, विशेष अवसर
  • ~にあたって → महत्त्वपूर्ण काम सुरु गर्दा / तयारी गर्दा

③ ~たとたん(に)

🔹 Use(प्रयोग केका लागि?)

एउटा काम गर्नासाथ / गरेलगत्तै अप्रत्याशित रूपमा अर्को घटना हुन्छ।

🔹 Structure

StructureExamples
動詞た形 + とたん(に)① 山の頂上でワインを一口飲んだとたんに、めまいがした。
→ पहाडको टुप्पोमा वाइन पिउनासाथ चक्कर आयो।

② 夫は結婚前は優しかったが、結婚したとたんに、態度が変わった。
→ श्रीमान् विवाहअघि दयालु हुनुहुन्थ्यो, तर विवाह गरेलगत्तै व्यवहार परिवर्तन भयो।

③ 国の母に電話をかけた。母の声を聞いたとたん、涙があふれてきた。
→ आमाको आवाज सुन्नासाथ आँसु आउन थाले।

④ 僕が「さよなら」と言ったとたん、彼女は走っていってしまった。
→ मैले “बाइबाइ” भन्नासाथ उनी दौडेर गइन्।

⚠️ Point: अचानक हुने क्षणिक गतिविधि वा परिवर्तन का लागि प्रयोग हुन्छ।


④ ~(か)と思うと・~(か)と思ったら

🔹 Use(प्रयोग केका लागि?)

एउटा घटना भयो कि त्यसको तुरुन्तै अर्को घटना भयो भन्ने अर्थ दिन्छ।

JLPT N2 Grammar in Nepali
JLPT N2 Grammar in Nepali

🔹 Structure

StructureExamples
動詞 +(か)と思うと
動詞 +(か)と思ったら
① 林さんは部屋に入ってきたかと思うと、いきなり袋を全部開けた。
→ Hayashi-san कोठामा पसेको त, अचानक सबै झोला खोल्न थाले।

② 赤ちゃんは今泣いたと思うと、もう笑っている。
→ बच्चा अहिले रोएको त, फेरि हाँसिरहेको छ।

③ やっと部屋が片付いたかと思ったら、子供たちがすぐまた散らかした。
→ बल्ल कोठा सफा भयो भनेको त, बच्चाहरूले तुरुन्तै फेरि फोहोर बनाए।

④ このごろは気温の差が大きい。昨日は暑くなったかと思ったら、今日は涼しい。
→ हिजो गर्मी भयो भनेको त, आज चिसो छ।

⚠️ Point: पछि आउने घटना केही अचानक / अप्रत्याशित हुन्छ।


⑤ ~か~ないかのうちに

🔹 Use(प्रयोग केका लागि?)

एउटा काम समाप्त भयो कि भएन, त्यही समयमा अर्को घटना हुन्छ।

🔹 Structure

StructureExamples
動詞辞書形 + か + 動詞ない形 + かのうちに① 一郎はベッドに横になるかならないかのうちに、ぐっすり眠ってしまった。
→ Ichiro ओछ्यानमा पल्टिनासाथ गहिरो निद्रामा परे।

② 私は夜が明けたか明けないかのうちに家を出て、空港へ向かった。
→ उज्यालो हुनासाथ म घरबाट निस्केर विमानस्थलतर्फ लागेँ।

③ あの作家は今売れっ子だ。話題作を発表したかしないかのうちに、もう次の作品に取りかかっているそうだ。
→ एउटा चर्चित कृति प्रकाशित गरेको पनि पूरा नहुँदै अर्को कृतिमा काम सुरु गरिसकेको रहेछ।

Ending Point JLPT N2 Grammar in Nepali|Part 1

⚠️ Point: ~(か)と思うと/~(か)と思ったら भन्दा पनि “लगभग एउटै समयमा” भएको भावना अझ बलियो हुन्छ।

यस JLPT N2 Grammar in Nepali|Part 1 बाट N2 Grammar सिक्न सुरु गर्नुहोस् र प्रत्येक Grammar Pattern लाई Example सहित अभ्यास गर्नुहोस्।

Part 2 मा थप महत्वपूर्ण JLPT N2 Grammar हरू नेपालीमा सरल रूपमा व्याख्या गरिनेछ।
JLPT N2 को तयारीका लागि हाम्रो Grammar, Vocabulary, Kanji र Mock Test सामग्री पनि हेर्नुहोस्।

Comments are closed.

Sorry You cannot copy content of this page