Minna no Nihongo Lesson 49 Grammar Nepali | Keigo (Sonkeigo) Clear definition
Minna no Nihongo Lesson 49 Grammar Nepali | けいご (Honorific Expressions)
Minna no Nihongo Lesson 49 Grammar Nepali Japanese मा काम गर्न जाँदा वा दैनिक जीवनमा “कसलाई कस्तो भाषा प्रयोग गर्ने?” भन्ने कुरा नै सबैभन्दा ठूलो challenge हुन्छ। यही कुराको जवाफ हो けいご (敬語)। आज Lesson 49 मा हामी けいご को basic idea, そんけいご (Respectful form) का सबै patterns, special respectful verbs, र まして form सम्म step by step सिक्छौँ। सबै example हिरागाना र काताकाना मै राखिएको छ, त्यसैले सुरुवात गर्नेहरूलाई पनि सजिलो हुन्छ।
१. けいご (Honorific Expressions) भनेको के हो?
けいご अरूप्रति गरिने आदरको अभिव्यक्ति हो। वक्ता (बोल्ने मान्छे) ले श्रोता (सुन्ने मान्छे) सँग भएको सम्बन्ध, र जसको बारेमा कुरा गरिन्छ उसँग गरिने सम्मानलाई けいご ले स्पष्ट पार्छ। けいご प्रयोग गर्दा यी ३ वटा कुरामा विचार पुर्याउनुपर्छ:
(१) वक्ता सानो वा समाजमा तल्लो स्तरको भए, उनीहरूले けいご प्रयोग गरेर आफूभन्दा ठूला मानिस वा समाजमा माथिल्लो स्तरका व्यक्तिप्रति आदर देखाउनुपर्छ।
(२) अपरिचित व्यक्ति र पहिलो पटक भेटेको व्यक्तिप्रति आदर देखाउन けいご को प्रयोग गर्नुपर्छ।
(३) ウチ (घर / भित्र) र ソト (बाहिर) को सम्बन्धमा पनि けいご को प्रयोगबारे विचार गर्नुपर्छ। वक्ताको समूह, जस्तै परिवार र कम्पनी, ウチ मानिन्छ भने यी बाहेकका अरू समूह ソト मानिन्छन्।
यदि वक्ताले बाहिरको व्यक्ति (ソトのひと) सँग आफ्नो घर-परिवार र आफूले काम गर्ने कम्पनी (ウチのひと) को बारेमा कुरा गर्दा けいご प्रयोग गर्न पाइँदैन। किनभने ウチのひと आफूभन्दा ठूलाबडा भए पनि आफ्नै भएकाले नजिकको व्यवहार गरिन्छ।
おきゃくさまに:✕ うちの ぶちょうは いま いらっしゃいません。
(ग्राहकलाई: हाम्रो विभागीय प्रमुख अहिले हुनुहुन्न भन्दा आफ्नै मान्छेलाई आदर दिएको हुन्छ, त्यसैले गलत।)
おきゃくさまに:○ うちの ぶちょうは いま おりません。
(ग्राहकलाई: हाम्रो विभागीय प्रमुख अहिले हुनुहुन्न। यहाँ आफ्नो पक्षलाई तल राखेर humble form प्रयोग गरिएको छ।)

२. Minna no Nihongo Lesson 49 Grammar Nepali ~ けいご का ३ प्रकार
| けいご | English | नेपाली |
|---|---|---|
| そんけいご | Respectful Expressions | सम्मानित अभिव्यक्ति |
| けんじょうご | Humble Expressions | विनम्र अभिव्यक्ति |
| ていねいご | Polite Expressions | नम्र वा औपचारिक अभिव्यक्ति |
३. そんけいご (Respectful Expressions)
そんけいご निकै मान दिनुपर्ने व्यक्तिहरूसँग बोलिने अभिव्यक्ति हो। अरूलाई निकै उच्च आदर गरेर बोल्नुपर्दा そんけいご को प्रयोग गरिन्छ। यसमा ग्राहक, आफूभन्दा पदमा निकै ठूलो मान्छे, तथा आफूले काम निकाल्नुपर्ने व्यक्तिहरू पर्दछन्।
そんけいご बनाउने मुख्य तरिका ४ वटा छन्। एक-एक गरेर हेरौँ।
३.१ Respectful Verb (Passive-type form)
कर्मवाच्य (Passive) क्रियाहरू सबै सम्मानित क्रियाको रूपमा प्रयोग गरिन्छ। V-ます लाई Respectful Verb र Passive Verb मा परिवर्तन गर्ने तरिका उस्तै हुन्छ। त्यसैले सबै Respectful Verb हरू पनि Group II मा पर्दछन्।
| Group | बनाउने तरिका | Example |
|---|---|---|
| Group I | ます हटाई い-sound लाई あ-sound मा बदल्ने र れます जोड्ने (Note: い → あ → わ) | かきます → かかれます / かいます → かわれます |
| Group II | ます हटाई られます थपिदिने | おきます → おきられます |
| Group III | きます → こられます / します → されます | こられます / されます |
थप Group I को उदाहरण: はなします → はなされます / まちます → またれます / よみます → よまれます / のります → のられます।
せんせいは なにを かかれて いますか。
(गुरुले के लेख्दै हुनुहुन्छ?)
おかあさんは せんせいと はなされました。
(तपाईंकी आमाले गुरुसँग कुरा गर्नुभयो।)
おじいさんは まいあさ 5じに おきられます。
(हजुरबुबा हरेक बिहान ५ बजे उठ्नुहुन्छ।)
しゃちょうは まいにち さんぽを されます。
(अध्यक्ष सर हरेक दिन हिँड्न जानुहुन्छ।)
たなかさんは あしたの かいぎに こられますか。
(तानाका जी भोलिको बैठकमा आउनुहुन्छ?)
३.२ お + V-ます → に なります (……गरिबक्सीन्छ)
यो स्वरूप माथिल्लो कर्मवाच्य भन्दा बढी सम्मानित अभिव्यक्ति मानिन्छ। Group III र ます अघि एउटा मात्र अक्षर भएका क्रिया (जस्तै みます、ねます) मा यो स्वरूप प्रयोग गर्न पाइँदैन। साथै विशेष खालका क्रियाहरू, जसका आफ्नै सम्मानित क्रिया हुन्छन्, तिनमा पनि यो स्वरूप प्रयोग गरिँदैन।
たなかぶちょうは もう おでかけに なりました。
(तानाका विभागीय प्रमुख सर अहिले नै बाहिर जानुभयो।)
しゃちょうは あたらしい くるまを おかいに なりましたか。
(अध्यक्ष सरले नयाँ गाडी किन्नुभयो?)
おきゃくさまが ロビーで おまちに なって います。
(ग्राहक लबीमा पर्खनुभएको छ।)
せんせいは もう おかきに なりましたか。
(गुरुले लेखिसक्नुभयो?)
३.३ Special Respectful Words (विशेष सम्मानित क्रिया)
केही क्रियाका आफ्नै सम्मानित क्रिया हुन्छन्, जसलाई सिधै याद गर्नुपर्छ।
| साधारण क्रिया | विशेष क्रिया | अर्थ |
|---|---|---|
| いきます / きます / います | いらっしゃいます | जानु / आउनु / हुनु |
| たべます / のみます | めしあがります | खानु / पिउनु |
| いいます | おっしゃいます | भन्नु |
| しって います | ごぞんじです | थाहा हुनु |
| みます | ごらんに なります | हेर्नु |
| します | なさいます | गर्नु |
| くれます | くださいます | दिनु (मलाई) |
おきゃくさまは ロビーに いらっしゃいます。
(ग्राहक लबीमा हुनुहुन्छ।)
おきゃくさまは なにを めしあがりますか。
(ग्राहकले के खानुहुन्छ?)
せんせいは なんと おっしゃいましたか。
(गुरुले के भन्नुभयो?)
しゃちょうは この ことを ごぞんじですか。
(अध्यक्ष सरलाई यो कुरा थाहा छ?)
ぶちょうは もう その しりょうを ごらんに なりましたか。
(विभागीय प्रमुख सरले त्यो कागजात हेरिसक्नुभयो?)
せんせいは しゅうまつ なにを なさいますか。
(गुरु सप्ताहान्तमा के गर्नुहुन्छ?)
せんせいが わたしに ほんを くださいました。
(गुरुले मलाई किताब दिनुभयो।)
Note: いらっしゃいます、なさいます、くださいます र おっしゃいます पहिलो समूहका क्रिया भए पनि Verb root-form र V ない form मा परिवर्तन गर्दा ら-line को प्रयोग गरिन्छ। भन्नाले root-form मा परिवर्तन गर्दा い → る, र ない form मा परिवर्तन गर्दा い → ら हुन्छ।
| ます-form | て-form | Root-form | ない-form |
|---|---|---|---|
| いらっしゃいます | いらっしゃって | いらっしゃる | いらっしゃらない |
| なさいます | なさって | なさる | なさらない |
| くださいます | くださって | くださる | くださらない |
| おっしゃいます | おっしゃって | おっしゃる | おっしゃらない |
ぶちょうは いま かいぎしつに いらっしゃらないと おもいます。
(विभागीय प्रमुख सर अहिले बैठक कोठामा हुनुहुन्न जस्तो लाग्छ।)
しゃちょうは しごとを なさって いますか。
(अध्यक्ष सर काम गर्दै हुनुहुन्छ?)
३.४ お + V-ます → ください (……गरिबक्सयोस्)
सम्मानित रूपमा कसैलाई कुनै कार्य गर्न निर्देशन दिँदा अथवा केही गर्न आमन्त्रण गर्दा यो स्वरूपको प्रयोग गरिन्छ।
こちらで おまち ください。
(यहाँ पर्खिबक्सयोस्।)
ここに おなまえを おかき ください。
(यहाँ नाम लेखिबक्सयोस्।)
どうぞ こちらに おかけ ください。
(कृपया यहाँ बसिबक्सयोस्।)
Note: सबै विशेष क्रियाहरू यो स्वरूपमा प्रयोग गर्न मिल्दैन। तर अपवादहरू: めしあがります र ごらんに なります जुन चाहीँ परिवर्तन हुँदा おめしあがり ください र ごらん ください बन्छन्।
どうぞ おめしあがり ください。
(कृपया खाइबक्सयोस्।)
こちらの しゃしんを ごらん ください。
(कृपया यो फोटो हेरिबक्सयोस्।)
४. Nouns, Adjectives and Adverbs
क्रियापदको अतिरिक्त केही नाम (noun), विशेषण (adjective) र क्रियाविशेषण (adverb) हरूलाई पनि अघि お वा ご लगाएर सम्मानित अभिव्यक्तिको रूपमा प्रयोग गर्न सकिन्छ। साधारणतया जापानी मूल (Japanese Origin – Kunyomi) का शब्दहरूमा お र चानियाँ मूल (Chinese Origin – Onyomi) का शब्दहरूमा ご को प्रयोग गरिन्छ।
| Type | お प्रयोग भएका शब्दहरू | Type | ご प्रयोग भएका शब्दहरू |
|---|---|---|---|
| Noun | おくに / おなまえ / おしごと | Noun | ごかぞく / ごいけん / ごりょこう |
| な-adj | おげんき / おじょうず / おひま | な-adj | ごねっしん / ごしんせつ |
| い-adj | おいそがしい / おわかい | adverb | ごじゆうに |
अपवादहरू (माथिको नियममा नपर्ने): おしょくじ、おじかん、おでんわ、ごゆっくり
おなまえは なんと おっしゃいますか。
(तपाईंको नाम के हो?)
ごかぞくは おげんきですか。
(तपाईंको परिवार स्वस्थ हुनुहुन्छ?)
おいそがしい ところ、ありがとうございます。
(व्यस्त हुँदाहुँदै पनि समय दिनुभएकोमा धन्यवाद।)
ごしんせつに ありがとうございます。
(दया देखाउनुभएकोमा धन्यवाद।)
どうぞ ごじゆうに おつかい ください。
(कृपया स्वतन्त्र रूपमा प्रयोग गर्नुहोस्।)
おしょくじは もう おすみに なりましたか。
(खाना खाइसक्नुभयो?)
५. けいご र वाक्य शैली
けいご → वाक्यको एक सादा रूप (plain form) सँग अन्त्य हुनसक्छ। यसले वाक्यलाई सादा शैली वाक्य (plain style sentence) बनाउँछ। वक्ताले नजिकको साथीसँग कसैको बारेमा कुरा गर्दा आदर देखाउन चाहन्छ भने यस्तो स्वरूपको प्रयोग गरिन्छ।
せんせいは なにを めしあがる?
(गुरुले के खानुहुन्छ?)
ぶちょうは あした いらっしゃる。
(विभागीय प्रमुख सर भोलि आउनुहुन्छ।)
वाक्यमा けいご को समान स्तर: सम्मानित अभिव्यक्तिको प्रयोग गर्दा वाक्यका हरेक शब्दमा ख्याल गरी समान स्तरको प्रयोग गर्न जरुरी हुन्छ।
スミスさまの おくさまも ごいっしょに ひこうきで こられます。
(स्मिथ जीको श्रीमतीजी पनि सँगै हवाईजहाजमा आउनुहुन्छ।)
यहाँ さん → さま, いっしょに → ごいっしょに, र きます → こられます मा परिवर्तन गरिएको छ। सबै शब्द एउटै स्तरमा मिलेको छ।
६. V-ます → まして (~まして)
धेरैनै विनम्र हुन चाहनुहुने अवस्थामा भने V て लाई V-ます → まして मा परिवर्तन गरिन्छ। प्रायः स्थिरताका लागि けいご, V まして को प्रयोग हुन्छ।
| V-ます | V-まして |
|---|---|
| あります | ありまして |
| おくれます | おくれまして |
| とまります | とまりまして |
ねつが ありまして、きのうは かいしゃを やすみました。
(ज्वरो आएकाले हिजो कम्पनीमा बिदा बसेँ।)
おくれまして、もうしわけ ございません。
(ढिलो भएकोमा माफी चाहन्छु।)
けさ でんしゃが とまりまして、がっこうに おくれました。
(आज बिहान रेल रोकिएकाले स्कुल ढिलो पुगेँ।)
Quick Summary of Minna no Nihongo Lesson 49 Grammar Nepali
| Pattern | Formula | Example |
|---|---|---|
| Respectful (Passive-type) | Group I: あ-sound + れます / Group II: られます / Group III: こられます、されます | かかれます、おきられます |
| おVますになります | お + V-ます stem + に なります | おかえりに なります |
| Special Respectful | नयाँ verb याद गर्ने | いらっしゃいます、めしあがります |
| おVますください | お + V-ます stem + ください | おまち ください |
| お/ご + Noun, Adj, Adv | Kunyomi मा お, Onyomi मा ご | おなまえ、ごかぞく |
| まして | V-ます → V-まして | おくれまして |
अन्त्यमा
けいご सुरुमा धेरै नियम भएजस्तो लाग्छ, तर सबै कुरा “कसले, कसलाई, कुन स्थितिमा बोल्दैछ” भन्ने ३ प्रश्नमा आधारित छ। त्यो बुझेपछि बाँकी patterns खाली practice को कुरा हो। हरेक दिन एउटा pattern प्रयोग गरेर वाक्य बनाउने बानी बसाल्नुहोस्।
